२०८० आश्विन ५ शुक्रबार

ठूलो परिमाणको भारतीय रुपैयाँ सहित ३ जना महिला वीरगञ्जमा पक्राउ

वीरगञ्ज – प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँ सहित वीरगञ्जबाट तीन जना महिलालाई पक्राउ गरेको छ ।

नुवाकोटका अनिता तामाङ र सरिता अग्रवाल तथा धादिङकी मन्जु तामाङ पक्राउ परेका हुन् । उनीहरुको साथबाट २८ लाख ५६ हजार भारतीय रुपैयाँ बरामद भएको छ

रक्सौलबाट वीरगञ्ज आउँदै गरेका उनीहरुलाई शनिबार बिहान वडा प्रहरी कार्यालय विर्ता खटिएको टोलीले पक्राउ गरेको थियो । वीरगञ्ज रजतजयन्ती चोकमा सवारी साधनलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए ।

उनीहरुले बोकेर ल्याएको झोला तथा शरीर खान तलासी गर्दा अनिताको साथबाट भारु २ हजार रुपैयाँ दरका नोट ५५ थान र ५ सय दरका ५ हजार ३ सय ८० वटा नोट गरी जम्मा २८ लाख बरामद भएको थियो । उनीसँगै आएकी मन्जुको साथबाट ५६ हजार रुपैयाँ बरामद भएको थियो । उनीहरुसँगै भारतबाट आएकी सरिताको पनि रकम ल्याउने कार्यमा संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले बताए ।

नेपालमा प्रतिबन्धित दरका नोट ल्याएकाले पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । बराममद गरिएको भारतीय रुपैयाँ सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

२०७९ आश्विन २५, मंगलवार १४:१० गते 1 Minute 91 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार