
वीरगञ्ज – पर्साको क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका रुपेशमान सिंहले लालटेन छाप चुनाव चिह्न पाएका छन् ।
सिंहलाई प्रमुख निर्वाचन अधिकृतको कार्यालय पर्साले लाल्टेन छाप चुनाव चिन्ह प्रदान गरेको हो ।
निर्वाचनको निर्धारित कार्यतालिका अनुसार उम्मेद्वारहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने समय बुधबार साँझ ५ बजेदेखि ७ बजेसम्म रहेको थियो । कार्यालयले निर्धारित समयमा सबै उम्मेद्वारसँगै सिंहलाई पनि चुनाव चिह्न प्रदान गरेको हो ।
लामो समयदेखि समाज सेवामा सक्रिय सिंह यस पटक भने विधायकको चुनावमा उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् ।
चुनाव चिह्न प्राप्त गरेसँगै उनले लालटेनको उज्यालो घरघरमा पुग्ने गरी चुनावी अभियान पनि अघि बढाउने प्रतिकृया दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।