२०८० आश्विन ६ शनिबार

जनार्दन सिंह क्षेत्रीले गरे प्रह्रलाद गिरीमाथि कारवाहीको माग

वीरगंज – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा सत्ता गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवारको विषयमा देखिएको विवाद झनझनै चर्किंदै गएको छ  ।

नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दर्ता गराएका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र नेकपा एसबाट उम्मेदवारी दर्ता गराएका निवर्तमान प्रदेशसभा सदस्य प्रह्लाद गरी दुवैले आफूलाई सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार बताइरहेका छन् । नेपाली काङ्ग्रेस र नेकपा एस दुवै पाँच दलीय सत्ता गठबन्धनका घटक हुन् ।

सत्ता गठबन्धनबीच भएको सहमतिमा पर्सा ३ को (ख) मा नेपाली काङ्ग्रेस्/एकीकृत समाजवादी उल्लेख गरी सहमति भएको थियो । जसर्थ दुवैमध्ये एक दलले उम्मेदवार उठाउनुपर्ने हो । यद्दपी दुवै दलले उक्त क्षेत्रमा आआफ्नो उम्मेदवार उठाएको छ।

अहिले दुवैले आफूलाई गठबन्धनको आधिकारिक उम्मेदवार भएको बताइरहेका छन् ।

आफूनै सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार भएको दावी गर्दै काङ्ग्रेसका क्षेत्रले गिरी माथि कारवाही गर्न निर्वाचन अधिकृतिको कार्यालयसँग माग गरेका छन् ।

क्षेत्रीले बुधबार निर्वाचन अधिकृतको कार्यालय पर्सा क्षेत्र नम्बर ३ पोखरियामा एउटा निवेदन दिएर गिरी माथि कारवाही गर्न माग गरेका हुन् ।

क्षेत्रीले गिरीमाथि सामाजिक सञ्जाल मार्फत नेपाली काङ्ग्रेसको निर्वाचन चिन्ह रुक छापलाई दुरुपयोग गरी भ्रामक प्रचार प्रसार गरेको आरोप लगाउँदै उनीमाथि कारवाही गर्न माग गरेका छन् ।

“प्रह्लाद गिरीले पनि पर्सा निर्वाचन निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिइ नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुख छापलाई दुरुपयोग गरी भ्रामक रुपमा समाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्ने कार्य गर्नु भएकोले सोबाट मेरो उम्मेदवारीमा प्रत्यक्ष प्रभाव पर्ने भएको हुँदा उक्त कार्य पार्टीको निर्णय तथा अचारसहिंता विपरित भएकोले आवश्यक कारवाहीको लागि यो निवेदन पेश गरेको छु,” क्षेत्रीले दिएको निवेदनमा उल्लेख गरिएको छ ।

नेपाली काङ्ग्रेस बाहेक लगभग सबै दल प्रवेश गरिसकेका गिरी २०७४ को निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । केही महिना अगाडिसम्म सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका गिरी केही दिन अगाडि मात्रै नेकपा एमालेमा प्रवेश गरेका थिए । यद्दपी जसपा-एमालेको गठबन्धन हुँदा उनको टिकट खोसीएपछि अन्तिम समयमा गिरी नेकपा (एस) प्रवेश गरी टिकट हात पारेका हुन् ।

२०७९ आश्विन २७, बिहीबार ००:०७ गते 1 Minute 60 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार