२०७९ माघ १७ मंगलवार

पर्सा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाललाई जिताउन विभिन्न समितिहरु गठन

वीरगंज – नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्यका उम्मेदवार शंकर चाैधरीलाई जिताउने अभियान अन्तर्गत विभिन्न चुनावी समितिहरु गठन भएकाे छ ।

पर्सा क्षेत्र नम्बर ४ मा शनिबार बसेकाे काँग्रेस क्षेत्रीय कार्य समितिकाे बैठकले विभिन्न समितिहरु गठन गर्दै चुनावी गतिविधि र प्रचार प्रसार अभियानलाई अझ तिब्र बनाउने निर्णय पनि गरेकाे छ ।

काँग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा केन्द्रीय सदस्य समेत रहेका उम्मेदवारिजालकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि वशिष्ठ नारायण कुर्मी, प्रदेशसभा सदस्यका उम्मेदवार शंकर चौधरी, पार्टीका जिल्ला सह सचिव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा, युवा नेता राकेश यादव, प्रदेश सभापति जीवन कृष्ण सापकोटा, दिपेन्द्र सिंह, क्षेत्रीय सदस्य, महाधिवेशन प्रतिनिधिहरु, गाउँपालिका र वडा सभापति लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे सहजिकरण क्षेत्रिय सचिव बालिस्टर अहमदले गरेका थिए ।

२०७९ आश्विन २९, शनिबार १९:३१ गते 1 Minute 105 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार