२०८० आश्विन ५ शुक्रबार

प्रदीप यादवले गरेका कामले पर्सा १ मा जसपा प्रतिको आकर्षण बढ्दै

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) प्रतिको आकर्षण र जनलहर बढ्दै गएको छ । मंसिर ४ को निर्वाचन नजिकिदै जादा पर्सा १ मा जसपा र उसका उम्मेदवार प्रदीप यादव प्रति जनलहर बढ्दै गएको पाइएको हो ।

सांसद र मन्त्री पदमा रहदा यादवले गरेका विकास निर्माणका कामका कारणले पर्सा १ मा जसपा प्रति जनलहर बढ्दै गएको स्थानीय मतदाताले बताएका छन् ।पर्सा १ मा जसपाले चुनावी गतिविधी बढाउदै लगेको अवस्थामा अन्य दल छाडेर जसपामा प्रवेश गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा शनिबार जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अन्य दलका थुप्रै नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।

शनिबारको कार्यक्रममा जनमत पार्टीको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रिका सहनी जसपामा प्रवेश गरेका छन् । उनको नेतृत्वमा सयौं जना जसपामा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरुलाइ पर्सा १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार उंव जसपा नेता प्रदीप यादवले फुलमाला लगाएर गम्छा ओढाउदै पार्टीमा स्वागत गरे ।

कार्यक्रमम बोल्दै यादवले मधेस र मधेसीका लागि संघर्षरत जसपामा पहिलेको भन्दा अहिले झन जनलहर बढेको बताए । मधेसको हकअधिकारी र मुद्धा सम्बोधनका सवालमा संघर्ष गर्ने एक मात्र दल जसपा नै रहेको भन्ने कुरा बुझेर जनताको आकर्षण जसपा प्रति बढेको उनले बताए । उनले भने ,‘ मधेसका सम्बोधन हुन बाँकी रहेका मुद्धा र हकअधिकार सम्बोधन गराउनका लागि जसपा आज पनि संघर्षरत रहेको छ , सदन होस् वा सडक जसपाले मधेसको एजेण्डा बिर्सिएको छैन , र बिर्सिनेवाला पनि छैन ।

२०७९ आश्विन २९, शनिबार १२:४९ गते 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार