
काठमाडाैं। मानिस कतिखेर, कुन बेला अस्वस्थ हुन्छन् थाहा हुँदैन। दुर्घटना वा ठूला रोग लागेपछि प्रायःलाई रगतको आवश्यकता पर्छ।
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
अझ नेपालजस्ता देशमा बिरामीका लागि रगत जुटाउन निकै कष्ट गर्नुपर्ने हुन्छ। सडकको दूरावस्था, अस्पतालमा अपर्याप्त स्वास्थ्यका पूर्वाधार, स्वास्थ्य संस्थाको कमीका कारण बिरामीले सहजै उपाचार पाउन कठिन छ।
त्यसमा त झन् ग्रामीण भेगबाट आएका बिरामीका आफन्तले यस्तो समस्या धेरै झेल्नुपर्ने बाध्यता छ।यस्तोमाबिरामीका लागि रगत जोहो गरिदिएको छ ‘स्मार्ट हेल्थ नेपाल’ ले।
खासगरी ठूला दुर्घटना, महामारीका बेला यो एप बिरामीका लागि वरदान नै बन्दै गएको छ।
के हो स्मार्ट हेल्थ नेपाल एप ?कसरी लिन सकिन्छ सेवा ?
स्मार्ट हेल्थ नेपाल एउटा एप हो। यसले बिरामीहरूका रगतको व्यवस्था मात्र गरिदिएको छैन।एम्बुलेन्स र अस्पतालबारे सूचना र त्यहाँसम्म पुग्ने जानकारीपूर्ण सेवा पनि उपलब्ध गराएको छ।
सञ्चालनमा आएको तीन महिनामै निकै लोकप्रियता कमाएको यसबाट बिरामीले अत्यवाश्यक सेवा पाउन सकिने संस्थाले जनाएको छ।
कोरोना महामारीपछि पूरै विश्व आक्रान्त बनेको थियो। यसपछि मानिसहरू स्वास्थ्यप्रति थप सचेत बन्दै गएका छन्।
कोभिड–१९ पछि पनि देशैभरि डेंगुको प्रकोप छ। बिरामी भएकाहरूलाई रगतको अति खाँचो पर्न सक्छ। यस्तोमा स्मार्ट हेल्थ नेपाल बिरामीका लागि सहयोगी हात बनेको छ।
यो सेवा लिन मोबाइलको प्ले स्टोर र आइफोन प्रयोगकर्ताहरूले एप्पल स्टोरमा गएर यसलाई डाउनलोड गर्न सक्नेछन्।
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
‘हामीले यसमा रगत खोजिरहेका बिरामीहरूका लागि रक्तादाता जुटाइदिन्छौं। उहाँहरूसँग बिरामीका आफन्तलाई भेट गराइदिन्छौं,’ एपबारे स्मार्ट हेल्थ नेपालकी प्रोजेक्ट म्यानेजर मनिषा श्रेष्ठ भन्छिन्, ‘यसले धेरै हदसम्म भए पनि बिरामीलाई राहत पुग्ने हाम्रो विश्वास छ।
सेवा सुरु गरेको तीन महिनाको छोटो समयमै स्मार्ट हेल्थबाट धेरै जना लाभान्वित भइसकेका उनले बताइन्। भन्छिन्, ‘हामीले सेवा सुरु गरेको यति छोटो समयमा पनि धेरै जना बिरामीका आफन्तले हामीप्रति सदाशयता देखाइसक्नुभयो, हामीले यसलाई उपलब्धि मानेका छौं।‘
रक्तादाता तथा ब्लड बैंकहरूसँग समन्वय गरिएकाले यस एपबाट सेवा लिन सहज हुने उनले बताइन्।
स्मार्ट हेल्थ नेपालले रगतको मात्र जोहो गरिदिएको छैन। बिरामी भएकाहरूलाई आसपासको अस्पताल र एम्बुलेन्सहरूको नम्बर पनि राखिएको छ। जहाँ बिरामीले तुरुन्तै यी सेवा पाउन सक्नेछन्। निकट भविष्यमा चिकित्सकीय सेवा पनि दिन लागिएको श्रेष्ठले जानकारी दिइन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।