२०८० आश्विन ६ शनिबार

संविधानको रक्षा र समृद्धिको लागि बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक- नेता रिजाल

वीरगंज – नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. ४ को जीराभवनी गाउँपालिकाको कार्यकर्ता भेटघाट सम्पन्न भएको छ । नेपाली कांग्रेस जगरनाथपुर गाउँपालिका अध्यष अध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल रहेका थिए ।

उनले संविधानको रक्षा र समृद्धिको लागि अहिलेको बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए । दुईतिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीले संसद नै विघटन गरेर संविधान समाप्त पार्न खोजेको बताउदै फेरीपनि संसद विघटन गर्ने पार्टीलाई जिताएर जनताले गल्ती नगरे बताए ।

कार्यक्रममा अतिथिहरु प्रदेश सभा सदस्य शकर चौधरी, जगरनाथपुर गापा अध्यक्ष श्रीकान्त यादव, जिराभवानी गापा अध्यक्ष अनोज चौधरी,उपाध्यक्षहरु बबिता सिंह,रेखा चौधरी युवा नेता राकेश यादव लगायतको उपस्थित रहेकोे थियो । कार्यक्रमको सहजीकरण रामायण यादवले गरेका थिए।

२०७९ आश्विन ३०, आईतवार १७:१८ गते 1 Minute 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार