२०८० आश्विन ५ शुक्रबार

रामकुमारीलाई समर्थन गर्दै कांग्रेसका बागीले गरे उम्मेदवारी निष्क्रिय

काठमाडौं – नेपाली कांग्रेस नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् । गुल्मी-२ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार दिएका उनले सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताए ।

गुल्मी-२ मा नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाक्री सत्तारूढ गठबन्धनको साझा उम्मेदवार छन् । झाक्रीविरुद्ध उम्मेदवारी दिएका भुसालले नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको बताए ।

भुसालले पार्टीको निर्देशनानुसार सत्तारूढ गठबन्धनको साझा उम्मेदवार झाक्रीलाई समर्थन तथा सहयोग गर्ने बताए ।

२०७९ कार्तिक १, मंगलवार १५:०९ गते 1 Minute 75 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार