
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का जनता समाजवादी पार्टी (जसपा) का अगुवा नेता कार्यकर्ताले पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवलाई विजयी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को ब्रह्म चोकमा जसपाले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी अगुवा नेता कार्यकर्ताले पर्सा १ मा यादवले विकासको लहर ल्याएकाले फेरि पनि उनको जित सुनिश्चित रहेको बताए ।
सांसदका रुपमा यादवले विगत ५ बर्षको कार्यकालमा क्षेत्रको विकास र जनताको हितमा गरेका कामबाट क्षेत्रका सबै जनता सन्तुष्ट रहेकोले फेरि पनि यादवलाई नै जिताउने सोचमा रहेको पनि उनिहरुले बताए ।
उनिहरुले सांसद यादवले गरेका विकास निर्माणका कामहरुको नारा लिएर आफुहरु जनता माझ जाने पनि बताए ।
भेटघाट कार्यक्रममा अगुवा नेता कार्यकर्ताहरुको सुझाव सुनेपछि प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले विगत पाँच बर्षको कार्यकालमा आफुले सुशासनलाई प्राथमिकता दिनुका साथै क्षेत्रको विकासमा नै ध्यान केन्द्रित गरेको बताए । उनले अबको जित पछि क्षेत्रमा बाँकी रहेका अधुरा योजनाहरुलाई पुरा गर्दै थप केहि ड्रिम पोजेक्टहरु ल्याउने प्रतिबद्धता जनाए । उनले भने ,‘ मेरो लक्ष्य र सोच भनेकै समग्र पर्सा जिल्ला र क्षेत्र नम्बर १ का जनतालाई समृद्ध बनाउने हो , त्यो लक्ष्यमा म पुगेरै छाड्छु ।
यादवले त्यो लक्ष्य पुुरा गर्नका लागि जसपा–एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेकाले आफनो मत जसपा–एमाले गठबन्धनलाई नै दिन आग्रह पनि गरे ।
बुधबार नै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा जसपाको सम्पर्क कार्यालयको उद्घाटन पनि गरेका छन् । कार्यालय उद्घाटनकालागि श्रीपुरमा पुगेका यादवलाई जसपाका नेता कार्यकर्ता र स्थानीयवासीले फुलमाला लगाएर भव्य स्वागत पनि गरेका थिए ।
दुवै कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , जिल्ला समन्वय समिति पर्साका पूर्ब प्रमुख नेक महम्मद अन्सारी , जसपाका महानगर अध्यक्ष इश्वर चन्द्र यादव लगायतको पनि सहभागीता थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।