२०८० आश्विन ५ शुक्रबार

नेता रिजाल निरन्तर चुनावी प्रचार प्रसार र मतदाताको घरदैलोमा

वीरगंज – पर्सा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनबाट नेपाली काँगेसका उम्मेदवार रमेश रिजालले चुनावी प्रचार प्रसार र मतदातासंगको भेटघाट कार्यक्रमलाई अझ तिब्र पारेका छन् ।

असोज २३ मा मनोनयन दर्ता भएकै दिन देखि उम्मेदवार रिजाल निरन्तर चुनावी प्रचार प्रसार र मतदाताको घरदैलोमा पुगेर काँग्रेस र गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

यसैक्रममा बिहीबार पनि पर्साको कालीकामाइ गाँउपालिका वडा नम्बर ५ बिरञ्चीबर्वामा काँग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ता सहित रिजालले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । हरेक घरधुरीमा पुगेर रिजालले लोकतन्त्र र संविधानको पहरेदार एक मात्र पार्टी काँग्रेस नै भएकाले आगामी निर्वाचनमा काँग्रेसलाई मत दिएर विजयी बनाउन मतदातासंग आग्रह गरे ।

उनले सत्ता हत्याउनका लागि अपबित्र गठबन्धन गरेका एमाले र जसपा दुवै मधेस विरोधी रहेको भन्दै उनिहरुले जिते फेरि संविधान र लोकतन्त्रका लागि खतरा निम्तिने भएकाले काँग्रेस नेतृत्वको गठबन्धनको जित देशको आवश्यकता भएको बताए । मधेस विरोधी एमालेसंग गठबन्धन गरेर जसपाले फेरि एक पटक आफुलाइ मधेसी जनतासंग कुठाराघात गरेको पनि रिजालले बताए ।

बिहीबारको घरदैलो कार्यक्रममा कांग्रेसका महासमिति सदस्य एवं जिल्ला प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव , काँग्रेसका युवा नेता राकेश यादव , क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतको पनि सहभागीता रहेको थियो ।

२०७९ कार्तिक ३, बिहीबार १५:१९ गते 1 Minute 126 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार