
वीरगञ्ज – पर्साको क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीले घरदैलोलाई निरन्तरता दिएका छन् । यसअघि बिहिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का मतदातासँग भेटघाट गरेका द्विवेदीले शुक्रवार वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरुका मतदातासँग भेटघाट गरेका हुन् ।
द्विवेदीलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा बिजयी गराउने बताउँदै स्थानीयहरुले स्वागत समेत गरेका थिए । घरदैलोका क्रममा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले यसपालिको निर्वाचनमा जनता आफ्नो पक्षमा रहेको बताए ।
आफ्नो उम्मेदवारी भ्रष्टाचार बिरुद्ध रहेको र भ्रष्टाचारलाई सखाप पार्ने उद्देश्य मात्र रहेको उनको भनाई छ । उस अभियानमा जनताले अवश्य साथ दिने र मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचित गराउने द्विवेदीको विश्वास छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।