
वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धन पर्साले क्षेत्र नम्बर २ मा आफ्नो चुनावी प्रचारप्रसारका क्रममा आज पर्सागढी नगरपालिका वडा नम्बर २ छ्तवन टाडी, काटानी, झोङड, खेखरिया, शन्तिटोल, पिप्राव्ध, बागवाना, घोड्पासरा र औरहियमा घरदैलो कार्यक्रम गरेका छन् ।
आज विहान देखि वडा नम्बर २ का भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु भएको हो ।
जसपाका नेता तथा प्रतिनिधिसभाका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अधिवक्ता सुरेन्द्र कुर्मी र पर्सा निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभाका उम्मेदवार रामनरेश यादव आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरेका छन् ।
जसपा र नेकपा एमालेका साझाँ उम्मेदवार कुर्मी र यादव घरघरमा मतदाताहरूलाई भेटेर भोट दिन आग्रह गरेका थिए ।
घरदैलोका क्रममा प्रतिनिसभाका उम्मेदवार सुरेन्द्र कुर्मी र प्रदेश सभाका उम्मेदवार यादवलाई स्थानीयले स्वागत गर्दै जीतको शुभकामना दिएका छन् ।
नेकपा एमाले पर्सागढी नगरपालिकाका नगर अध्यक्ष दुर्गा लामिछानेको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रममा नगर सदस्य, हरि घिमिरे, प्रेम पहाडी र जसपा जिल्ला सचिव तवरेज अहमद, क्षेत्रीय उपाध्यक्ष मुमताज आलम, जसपाका नगर प्रमुखका प्रत्यासी सुरज मानन्धर लगायतको उपस्थिति रहेको थियो
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।