२०८० आश्विन ५ शुक्रबार

प्रदीप यादव प्रतिको आकर्षण बढ्दै, ग्यासुदीन मियाँले गरे जसपा प्रवेश

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ का पूर्व वडा अध्यक्ष ग्यासुदीन मियाँले जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।मियाँलाई आइतबार पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जसपा प्रवेश गराएका हुन् ।

वीरगञ्जमा आयोजित एक अनौपचारिक कार्यक्रम विच मियाँलाई जसपाको राजनीतिक समिति सदस्यसमेत रहेका यादव र सिंहले फूलमाला लगाएर पार्टीमा भित्र्याएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मियाँ गत स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसका द्वारिका महतोसँग पराजित भएका थिए ।

जसपा प्रवेश गरेका मियाँले आफ्नो पूरानो घर फिर्ता आएको बताएका छन् । केही दिनका लागि बाटो बिराएर अन्यत्र गएपनि पुन: आफ्नो घर फिर्ता भएको मियाँले बताए । ‘केही दिनको लागि बाटो बिराएर अन्यत्र पुगेको थिए, आज पुन: आफ्नो घर फिर्ता हुँदा खुसी लागेको छु,’ मियाँले भने ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मुखमा आएर मियाँको प्रवेशले जसपालाई फाइदा हुने देखिएको छ ।

२०७९ कार्तिक ६, आईतवार ०९:४३ गते 1 Minute 595 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार