२०८० आश्विन ५ शुक्रबार

स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदाता आफैँ गर्दैछन् ठाउँठाउँमा भेला

वीरगञ्ज – पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन भन्दै अलौका स्थानीयले आइतबार भेला राखेका छन् ।

वीरगञ्ज महागनरपालिका वडा नम्बर १७ अलौमा स्थानीय मतदाताले भेला राख्दै पार्टीका नेताहरु पद र पैसाकै स्वार्थमा लिप्त हुँदा आफूहरुले परिवर्तनको महशुस गर्न नपाएको भन्दै जनचाहना अनुसारको काम गर्न अब स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउनु आवश्यक रहेको बताए ।

पहिले जितेर गएका उम्मेद्वारहरु जितेपछि फर्केर पनि नआउने गरेको भन्दै मतदाताहरुले आफूहरुको सुखदुखमा साथ दिनेलाई नै मतदान गर्ने बताए ।

कुनै पनि पदमा नहुँदा पनि रुपेशमान सिंह आफूहरुको माझमा रहेको भन्दै मतदाताहरुले अबको चुनावमा उनलाई नै जिताउन आफूहरु लागि पर्ने पनि बताए ।

कार्यक्रममा स्वतन्त्र उम्मेद्वार सिंहले मतदाताले देखाएको साथ र समर्थनले आफू उत्साहित रहेको भन्दै दलको सिण्डिकेट तोड्नु पर्ने सन्देश घरघरमा पुर्याउन आग्रह गरे ।

उनले आफूले ठूला सपना नबाँड्ने भन्दै यहाँको आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

२०७९ कार्तिक ६, आईतवार १३:५३ गते 0 Minutes 98 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार