२०८० आश्विन ५ शुक्रबार

यसरी झिलिमिली बन्दै वीरगञ्जको घण्टाघर

वीरगञ्ज – वीरगञ्जको घण्टाघरमा आधुनिक बत्ती जडान हुने भएको छ । तिहारको अवसरमा पनि घण्टाघरमा झिलीमिली बत्ती नलगाएको भन्दै प्रश्न उठेपछि महानगरपालिकाका मेयर राजेशमान सिंहले दीर्घकालिन रुपमा उँज्यालो हुने आधुनिक बत्ती जडानको प्रक्रिया शुरु भएको जानकारी गराएका छन् ।

सोमबार दिउँसो आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै मेयर सिंहले दीपावलीमा पनि घण्टाघरमा बत्ती जडान नभएको विषयलाई लिएर सामाजिक सञ्जालमा आइरहेका टिप्पणी र विचारलाई आफूले स्वभाविक रुपमा लिएको बताएका छन् ।

उनले घण्टाघरमा दशैं दीपावलीका लागि मात्रै नभइ बर्ष भरिकै लागि दीर्घकालीन रुपमा झिलिमिली बत्ती जडान गर्ने काम अगाडि बढी सकेको र छिट्टै त्यो कामले पूर्णता पाउने बताएका छन् । त्यही कारण अहिले तत्काल बत्ती नलगाइएको उनले स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘क्षणिक काम भन्दा दीर्घकालीन उज्यालोको काम होस् भन्ने हाम्रो चाहना हो, मलाई आशा छ यहाँहरूले यो विषयलाई त्यसैगरी बुझिदिनुहुनेछ ।’

फेसबुुक स्टाटसमा अन्त्यमा उनले सुझाव माग्दै लेखेका छन्, ‘म आदरणीय नगरवासीसँग जान्न पनि चाहन्छु कि यो कार्य दुई दिनको लागि हुनु उपयुक्त हुन्छ वा दीर्घकालिन ?’

त्यस भनाईप्रति महानगरबासी उत्साहित हुँदै मेयर सिंहको भनाईमा समर्थन जनाएका छन् । साथै आधुनिक र सँधै झिलिमिली हुने बत्ती जडान गर्न लागेको खबरले खुशी हुँदै दीर्घकालिन काममा साथ दिने प्रतिबद्धता पनि जनाइरहेका छन् ।

२०७९ कार्तिक ७, सोमबार १६:१३ गते 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार