
वीरगंज – आसन्न संघिय र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै बाम लोकतान्त्रिक गठबन्धन को तर्फ बाट नेकपा माओवादी केन्द्र बाट निर्वाचन क्षेत्र नं १ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रहबर अंसारी को पक्षमा मतदान गर्न ‘हरघर जाऔँ, रहबर अंसारीलाई जिताऔँ’ अभियान सुरु गरेका हुन् । अंसारीको पक्षमा मत माग्दै घरघर पुग्ने अभियानमा युवा तथा अग्रजहरु स्वस्फूर्त लागेको वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ का सरोज पटेल बताउँछन् ।
बाम लोकतान्त्रिक गठबन्धन को तर्फबाट प्रदेश सभा सदस्य पदका उमेदवार रहबर अंसारी ले नागरिकले नयाँ अनुहार खोजेकाले आफूले निर्वाचन जित्ने बताए ।
‘उनले भने, ‘अब घरघरमा विभिन्न प्रलोभन दिँदै नेताहरु आउँछन्, तपाईहरुले विचार पुर्याएर तपाईहरुको साथमा सँधै उभिने, गर्न सक्ने मान्छेलाई मत दिएर विजयी बनाउनुहोला । होइन भने फेरि पछि पछुताउन बाहेक अरु विकल्प रहँदैन ।’
आफ्नो क्षेत्रको उन्नती र विकासका लागि ठूलो लक्ष्य लिएर हिँडेको भन्दै उनले त्यो लक्ष्यलाई पूरा गर्न सबैको साथको आवश्यकता रहेको बताए ।
यसपालिको चुनावी महोल र पार्टीप्रति नागरिकको लहरले म ढुक्क छु,’ उनले भने, ‘मतदाताले मेरो त्याग, समर्पण र निरन्तरतालाई सही मूल्यांकन गर्ने छ ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।