
वीरगञ्ज – छठपूजामा आकर्षक सजावटका लागि नेपालमै सबैभन्दा बढि चर्चामा रहँदै आएको वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको व्यवस्थापन र सजावटको काम तिब्र गतिमा भइरहेको छ ।
घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अनुसार विगतका बर्षको भन्दा पनि यस बर्ष अझ आकर्षक रुपमा छठघाटलाई सजाउने काम भइरहेको छ ।
छठघाटको सरसफाइ, सजावट र व्यवस्थापनमा यसपालि करिब १७ लाख रुपैयाँ भन्दा बढि खर्च हुने अनुमान रहेको समितिका अध्यक्ष हिरा साह कानुले बताए । उनका अनुसार, छठघाट व्यवस्थापन र सजवाटको काम तिब्र गतिमा भइरहेको छ ।
व्यवस्थापन र तयारीकै सन्दर्भमा बुधबार बसेको समितिको बैठकले छठ पूजाका दिन छठघाटमा ब्रतालु, दर्शनार्थी र भक्तजनहरुको सहजता र सुरक्षाका बारेमा छलफल गर्न बिहीबार सुरक्षा निकायका प्रमुखहरुको बैठक बस्ने निर्णय गरेको छ ।
यस्तै शुक्रबारका बिहान साढे ७ बजे घडीअर्वा स्पोर्ट क्लबको आयोजनामै छठ घाट परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजन गर्ने निर्णय पनि गरिएको समितिका उपाध्यक्ष दिलिप साह कानुले जानकारी दिए ।
यस्तै छठघाटको व्यवस्थापन बारे जानकारी गराउन शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजन गर्ने निर्णय पनि गरिएको उपाध्यक्ष कानुले बताए ।
बुधबारको बैठकमा सचिव सन्तोष गुप्ता, सहसचिव मुन्ना साह, कोषाध्यक्ष तिलक साह कानु, वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानु, समितिका पूर्व अध्यक्ष प्रेम साह कानु, स्थानीय अगुवा सोनालाल साह कानु, शम्भु साह कानु, दिपक साह, मनोहर साह, सन्तोष कानुलगायतको पनि सहभागीता थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।