
वीरगंज – पर्सा क्षेत्र नम्बर २ मा सत्तागठबनधनबाट नेपाली काँग्रेसका उम्मेदवारहरुले बिहीबार पनि मतदाताको घरदैलोमा पुगेर मत मागेका छन् ।
काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मीले बिहीबार वीरगंज महानगरपालिका वडा नम्बर वडा नम्बर १ को बजार छपकैयाका विभिन्न टोलमा घरदैलो गरेका हुन् ।
त्यसक्रममा घरघरमा पुगेर मतदातालाई भेट्दै प्रतिनिधीसभा सदस्यका काँग्रेस उम्मेदवार चौरसियाले आफु सांसद पदमा नरहदा पनि जनताको सुखदुखमा साथ दिदै आएको कुरा सबैलाई थाहा नै भएको भन्दै आगामी दिनमा पनि आफु जनताकै माझमा रहने बताए ।
चौरसियाले भने ,‘ म नेता भन्दा पनि यस क्षेत्रका जनताको सेवक हु , जनताको हरेक सुखदुखमा मेरो साथ पहिले पनि थियो , अहिले पनि छ, भोलिका दिनमा पनि रहनेछ ।
उनले मंसिर ४ को निर्वाचनमा कामको मुल्यांकन गरेर मतदान गर्न आग्रह पनि गरे । काँग्रेसकै कारण लोकतन्त्र र संविधान जोगिएको भन्दै उनले अहिले काँग्रेसले जिते मात्र संविधान र लोकतन्त्र सुरक्षित हुने बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।