२०८० आश्विन ६ शनिबार

२८ वर्ष काँग्रेसको राजनीति गरेका वीरगञ्जका नेता साह जसपा प्रवेश

वीरगञ्ज – विगत २८ वर्षदेखि नेपाली काँग्रेसको सकृय राजनीति गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का प्रमोद प्रसाद साह , जसपमा प्रवेश गरेका छन् ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एंव पूर्वमन्त्री प्रदीप यादवको पहलमा साह काँग्रेस छाडेर जसपामा प्रवेश गरेका हुन् ।

काँग्रेसका कृयाशील सदस्य समेत रहेका साह, बिहीबार जसपामा प्रवेश गरेका हुन् । बिहीबार एक अनौपचारिक कार्यक्रममा पूर्वमन्त्री यादवले साहलाई गम्छा ओढाएर पार्टीमा स्वागत गरे ।

काँग्रेस विपीको सिद्धान्त र विचारबाट विचलित भएको तथा काँग्रेसका नेताहरु पनि पार्टीको नीति, विचार र सिद्धान्त बिर्सिएर व्याक्तिगत स्वार्थमा लिप्त भएकाले त्यस्तो पार्टीमा बस्न नसक्ने ठहर गर्दै आफुले काँग्रेस परित्याग गरेको साहले बताए ।

अहिलेको परिवेशमा मधेस र मधेसीको हकहितमा लड्ने एक मात्र पार्टी जसपा नै भएकोले आफुले जसपा रोजेको उनले बताए ।

२०७९ कार्तिक १०, बिहीबार २१:३० गते 1 Minute 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार