२०८० आश्विन ५ शुक्रबार

जसपाका प्रभावशाली नेता कांग्रेसमा प्रवेश

वीरगञ्ज – जनता समाजवादी पार्टी (जसपा) का दुइ प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ का जसपा नेताहरु राधेश्याम तिवारी र गौरीशंकर तिवारी शनिबार काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसियाको पहलमा जसपाका दुवै नेता काँग्रेसमा प्रवेश गरेका हुन् । उनिहरुलाई चौरसियाले टिका अबीर लगाएर काँग्रेसमा स्वागत गरे ।

जसपाका शीर्ष नेताहरुले मधेस र मधेसीको नाम भजाएर सत्ता लिप्सामा लागेको र सत्तामा पुगेपछि मधेसका एजेण्डा नै बिर्सिने गरेकाले आफुहरुले जसपा परित्याग गरेको तिवारीद्धयले बताए । काँग्रेस सदैव मधेसको हितमा वकालत गर्ने पार्टी भएको र काँग्रेसले नै मधेसको हित गर्ने निष्कर्षमा पुगेर जसपा छोडी काँग्रेसलाइ रोजेको पनि उनिहरुले बताए ।त्यस अवसरमा काँग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार श्याम पटेलका साथै काँग्रेस नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

२०७९ कार्तिक १२, शनिबार १९:०९ गते 0 Minutes 100 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार