२०८० आश्विन ५ शुक्रबार

स्पर्श हस्पिटलमा उपचारका लागि आएकी महिला बलात्कृत, एक कर्मचारी पक्राउ

वीरगञ्ज – वीरगञ्जमा उपचारका लागि आएकी एक महिला अस्पतालमै बलात्कृत भएकी छिन् ।

वीरगञ्जको गण्डक नजिक बाइपास सडकखण्डमा रहेको स्पर्श मल्टी स्पेशालिटी हस्पिटलमा उपचारका लागि आएकी महिला अस्पतालमै कार्यरत कर्मचारीबाट बलात्कृत भएकी हुन् ।

हाडसम्बन्धी उपचारका लागि अस्पतालमा उपचाररत महिलालाई अस्पतालमै कार्यरत कर्मचारीले आर्थिक प्रलोभन देखाएर बलात्कार गरेको बताइएको छ ।

बलात्कृत महिलाले प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न अस्पतालमा कार्यरत आकाश मण्डललाई अस्पतालबाटै पक्राउ गरेको छ ।

मण्डललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

महिलाको अहिले पनि अस्पतालको एचडीयू डिपार्टमा उपचार चलिरहेको बताइएको छ ।

यता अस्पतालका सञ्चालक महेश्वर कुर्मी भने घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । अहिले आफू चुनाव प्रचारप्रसारमा रहेकाले यसबारेमा आफूलाई जानकारी नभएको उनको भनाई छ । सञ्चालक कुर्मीको श्रीमती डा.मधु गुप्ता पर्साको क्षेत्र नम्बर ३ ख बाट प्रदेश सभा सदस्यका लागि उम्मेद्वार छिन् ।दिशा निर्देशबाट सभार

२०७९ कार्तिक १२, शनिबार १३:२६ गते 0 Minutes 229 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार