२०८० आश्विन ५ शुक्रबार

बाम लोकतान्त्रिक गठबन्धन पर्सा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले सँयुक्त रुपमा घरदैलो गरे

वीरगञ्ज – बाम लोकतान्त्रिक गठबन्धन पर्सा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले मँगलबार सँयुक्त रुपमा घरदैलो गरेका छन ।गठबन्धनबाट क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार लक्ष्मण लाल कर्ण र क्षेत्र नम्बर १ को २ बाट प्रदे्श सभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले सँयुक्त रुपमा घरदैलो कार्यक्रम गरेका हुन ।

दुबै जना उम्मेदवारहरुले वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा सँयुक्त घरदैलो कार्यक्रम गरेका हुन ।सो क्रममा जनताले यसपालि गठबन्धनका उम्मेदवारलाई नै जिताउनेमा ढुक्क भएको उम्मेदवारहरुले बताएका थिए ।

गठबन्धनले नै देशको बिकाश गर्न सक्ने सँबिधानको रक्षा गर्ने भएकाले गठबन्धनकै उम्मेदवारलाई मत दिन प्रतिनिधी सभा सदस्य उम्मेदवार कर्णले बताएका थिए ।उनले पाँच दलीय गठबन्धनको नै सरकार बन्ने ठोकुबा गरे ।

सँबिधानको रक्षाको लागि बनेको पाँच दलीय गठबन्धन अब देशको बिकाशको काममा निर्बाचन जितेपछि लाग्ने कर्णको भनाई थियो ।क्षेत्र नम्बर १ मा पाँच दलीय गठबन्धनबाट लोसपाका नेता कर्ण उम्मेदवार छन भने प्रदेश सभा सदस्यमा गठबन्धनकोतर्फबाट रामनारायण कुर्मी उम्मेदवार छन ।

२०७९ कार्तिक १५, मंगलवार १६:४८ गते 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार