२०८० आश्विन ५ शुक्रबार

आश्वासन बाँड्नेलाई होइन, जनताको विचमा रहेर काम गर्नेलाई अवसर दिन पूर्वमन्त्री यादवको आग्रह

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले गठबन्धनले चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै मतदातासँगको भेटघाटलाई अझ तिब्र पारेको छ ।

जसपा–एमालेका नेता कार्यकर्ताहरुसँगै प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्याङ्की र वडा नम्बर ३० लालपर्सामा पुगेर मतदातालाई भेटेर उनिहरुको समस्या र गुनासा पनि सुनेका छन् ।

त्यसक्रममा त्यहाका मतदाताले विगतमा जितेर प्रदीप यादवले गरेका कामबाट आफुहरु सन्तुष्ट भएको र गर्नु पर्ने थप कामहरु पुरा गराउनका लागि फेरि पनि यादवलाई नै अवसर दिने सोचमा आफुहरु रहेको प्रतिक्रिया दिए ।

मतदाताहरुसँगको भेटघाटमा जसपाका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले पनि पाँच वर्षको कार्यकालमा आफू जनता माझ रहेर हरेक दु:ख् सुखमा साथ दिँदै आएकोले नै त्यसैको मूल्यांकन अहिले जनताले गरिरहेको प्रतिक्रिया सञ्चारकर्मीहरुलाई दिए । उनले भने, ‘मतदातासँग म फेरि पनि आग्रह गर्छु आश्वासन बाँड्नेलाई होइन, जो तपाइहरुको बिचमा रहेर काम गरेको छ उसैलाई अवसर दिनु होला ।’

विगतमा पदमा रहेर पटकपटक लाभ लिइसकेकाहरु अहिले जनताको बिचमा पुगेर आफू निष्ठावान र इमान्दार भएको ढोल बजाउँदै हिडेको भएपनि जनताले उनिहरुको विगत र वर्तमान बुझीसकेको यादवले बताए ।

यादवले मधेश र मधेशीलाई शोषण गर्दै आएकाहरुबाट सतर्क रहन पनि मतदातालाई आग्रह गरे । बुधबारको चुनावी घरदैलो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेकपा एमालेका नेता डा. विश्वम्भर शर्मा, जिल्ला समन्वय समिति पर्साका पूर्वप्रमुख नेक महम्मद मियाँका साथै जसपा र एमालेका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

२०७९ कार्तिक १६, बुधबार १४:४८ गते 1 Minute 84 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार