
वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार रहबर अन्सारीले आफ्नै टोलमा घरदैलो गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरी निवासी अन्सारीले आफ्नै टोलका मतदातासमक्ष घरदैलो गर्ने क्रममा त्याहाँका स्थानीयको प्रतिक्रियाले अन्सारी अँझै उत्साहित बनेका छन् ।
बहुअरीमा घरदैला गर्दा त्याहाँका मतदाताले अन्सारीले आफ्नै घर, आफ्नै टोलमा नगरेर अरु स्थानका मतदातालाई आफ्ना एजेण्डाको बारेमा बुझाउन आग्रह गरेका छन् ।
आफ्नै टोल, आफ्नै घर र आफ्नै परिवारका सदस्यहरुसँग मत मागेर समय खेर नफाल्न आग्रह गर्दै त्याहाँका मतदाताले आफुहरुको एकमुष्ठ मत अन्सारीलाई नै हुने विश्वास दिलाएका छन् ।
सक्षम, शिक्षित एवम् दुरदर्शी युवा नेता अन्सारीप्रति धेरै आशा र भरोसा रहेको हुँदा उनलाई अवसर दिनुपर्ने मतदाता बताउँछन् । जनताले आफुमाथि गरेको विश्वास र भरोसालाई कहिलै पनि टुट्न नदिने अन्सारीको प्रतिबद्धता छ ।
पाँच दलीय सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अन्सारीले घरदैलो र मतदाता भेटघाटलाई निरन्तरता दिइरहेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।