२०८० आश्विन ५ शुक्रबार

प्रतिनिधीसभा सदस्य उम्मेदवार रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार चौधरी प्रतिको जनलहर बढ्दै

वीरगंज – पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस प्रतिको जनलहर दिन प्रतिदिन बढ्दै गएको छ । प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी चुनावी घरदैलोमा पुग्दा मतदाताहरु स्वफूर्त रुपमा स्वागत र समर्थनमा जुटिरहेका छन् ।

बिहीबार बिहान पनि जिराभवानी गाँउपालिका वडा नम्बर १ बलुवा र महादेवपट्टीमा पुग्दा रिजाल र चौधरीलाई स्थानीयले फुलमाला लगाउदै आफै प्रचारमा जुटेका थिए ।

पर्सा ४ मा अहिले चुनाव लडेका एमालेका उम्मेदवार आफै बदनाम रहेको र विगतमा अनेकौं मुद्धामा मुछिएका व्याक्ति भएका कारण आफुहरुको रोजाई राजनीतिमा स्वच्छ छवि भएका रिजाल भएको स्थानीयले बताए ।मतदातासंग भेट्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार रिजालले जनताको भरोसाको आफुले सदैव कदर गर्दै आएको र दुखसुखमा साथमै रहदै आएकोले नै यसपालिका मतदाताले आफुलाई अवसर दिनेमा ढुक्क रहेको प्रतिक्रिया दिए ।

काँग्रेस , कुनै एउटा समुदाय र क्षेत्र विशेषको मात्र पार्टी नै मधेस र देशका लागि सोच्ने पार्टी भएकाले जनताको भरोसा काँग्रेस माथि नै भएको रिजालले बताए ।चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

२०७९ कार्तिक १७, बिहीबार १३:५६ गते 1 Minute 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार