२०८० आश्विन ६ शनिबार

अन्सारीलाई जिताउनका लागि जगरनाथपुरवासीले घर घर पुगि मतदाताहरुलाई गरे आग्रह

वीरगंज – वाम लोकतान्त्रिक गठबन्धबाट पर्सा क्षेत्र नं. १ (क) मा माओवादी केन्द्रका प्रदेश सभासदस्यका उम्मेदवार चर्चित युवा नेता रहबर अन्सारीलाई बीरगंज महानगरपालिका वडा नं. २२ जगरनाथपुर गाँउमा घरदैलो कार्यक्रम गरेको छ । अन्सारीलाई जिताउनका लागि जगरनाथपुरवासीले घर घर पुगि मतदाताहरुलाई आग्रह समेत गरे । युुवा तथा गाउँका भरभलादमी सहित लगायत मतदाताहरु युवा नेता अन्सारीलाई जिताउन कम्मर कसेर लागेका छन् ।

जनताको सेवक भएको बताउदै देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती एवम् बेथितीको अन्त्य गरेर जनतालाई सहज, सरल र चुस्त रुपमा सेवा प्रवाह गराउनुका साथै विकास एवम् परिवर्तनको प्रत्याभुती दिलाउनका लागि पहल गर्ने युवा नेता अन्सारीले प्रतिबद्धता जनाए । नेता अन्सारीको सहयोगमा वाम गठबन्धनका पाँच दलिय झण्डा तथा नेता, कार्यक्रर्ता लगायत वडाका स्थानीय युवा, बुद्धिजीवी, समाजसेवीले घरदैलो गरेका छन् ।

गठबन्धनका नेता, कार्यक्रता लगायत गाँउ टोलका नेता, कार्यक्रर्ता लगायत पाँच दलिय वाम गठबन्धनका युवाहरुको उल्लेखनीय सहभागिता रहेको युवा नेता इजराइल अन्सारीले बताए ।

२०७९ कार्तिक १८, शुक्रबार १४:५९ गते 1 Minute 81 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार