२०८० आश्विन ५ शुक्रबार

तपाईहरुको भरोसालाई टुट्न दिन्न : नेता रिजाल

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजालले चुनावी घरदैलोका क्रममा जनताबाट पाइरहेको स्वागत र समर्थनले आफु् निक्कै उत्साहित बनेको बताएका छन् ।

क्षेत्रका हरेक पालिकाका हरेक वडा र टोलहरुमा चुनावी घरदैलोका क्रममा पुग्दा स्थानीय र मतदाताहरुले स्वर्फूत रुपमा स्वागत र समर्थन गरिरहेको र यसले आफुलाई थप उर्जा प्राप्त भइरहेको रिजालले बताए ।शुक्रबार बिहान जिराभवानी गाँउपालिका वडा नम्बर २ को काठमाडौं टोलमा काँग्रेसबाटै प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी र नेता कार्यकर्ताहरुको साथमा पुगेका रिजाललाई स्थानीयले घरघरमा स्वागत र समर्थन गरेका थिए ।

मतदाताको स्वागत र समर्थन पाएर उत्साहित बनेका काँग्रेस केन्द्रिय सदस्य रिजालले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस नेतृत्वको गठबन्धनलाई मत दिन मतदाताहरुलाई आग्रह गरे । मधेस विरोधी एमाले र सत्ता स्वार्थका लागि उसंग अपबित्र गठबन्धन गरेको जसपाबाट मधेस मात्र नभइ देश पनि खतरामा रहेकाले ती प्रगितमनकारीहरुलाई यसपालि परास्त गर्नु पर्नेमा उनले जोड दिए ।

मतदातासंग रिजालले भने ,‘ म तपाईहरुको भरोसालाई कहिले पनि टुट्न दिन्न , बाँचुन्जेल पर्सा ४ को विकास र जनताको सेवामा समर्पित रहनेछु , यसपालि अवसर दिनु भयो भने यस क्षेत्रका लागि अहिले सम्म नभएका नमूना कामहरु गरेर देखाउछु , यो मेरो वाचा भयो ।

चुनावी घरदैलो कार्यक्रममा काँग्रेस , माओवादी केन्द्र , नेकपा एस र लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

२०७९ कार्तिक १८, शुक्रबार ११:२२ गते 0 Minutes 99 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार