
वीरगञ्ज – नेपाली कांग्रेस पर्साको क्षेत्र नम्बर २ का तत्कालिन क्षेत्रीय सभापति मुक्तिप्रसाद कुर्मी । उनका छोरा रमेश प्रसाद कुर्मी । बुबा नै क्षेत्रीय सभापति भएपछि छोरामा बाबुको गुण सर्नु स्वभाविक नै हो । कुर्मी पनि बाबुकै बाटो पछ्याउँदै गए । त्यही क्रममा उनी आजभन्दा २२ वर्ष अघि २०५७ सालमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल वीरगञ्जका नगर उपाध्यक्ष भए । त्यहीँबाट शुरु भएको कुर्मीको राजनीतिक यात्रा विभिन्न आरोहअवरोह पार गर्दै निरन्तर चलीरहेको छ ।
करिब ६ वर्षसम्म नेपाली कांग्रेसमा सक्रियपूर्वक राजनीतिक गरेका कुर्मीलाई नेपाली कांग्रेसले मधेशका मुद्धा सम्बोधन गर्न नसक्ने बुझेपछि महन्थ ठाकुर नेतृत्वको तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा उनी प्रवेश गरे । २०६४ सालमा कांग्रेस परित्याग गरेर तमलोपा छिरेका कुर्मीलाई नै विश्वास गरेर पार्टीले पहिलो संविधान सभा सदसको निर्वाचनमा टिकट दिएर उम्मेदवार बनायो । तथापी त्यसबखत ९ हजार ५ सय ३१ मत ल्याएर अजय द्विवेदी निर्वाचित हुँदा उनी पराजय हुनुप¥यो ।
पराजित भएपनि उनले राजनीतिक यात्रालाई भने बिराम लगाएनन् । अँझै पराजय बेहोरेको आक्रोशलाई अर्काे निर्वाचनमा जितमा बदल्न झनै सक्रियता बढाए । त्यही सक्रियताको परिणामस्वरुप उनी २०७० सालमा भएको दोस्रो संविधान सभा सदस्यको निर्वाचनमा समानुपातिकको सूचीभित्र अटाए । संविधान सभा सदस्यको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा पनि मधेशको समृद्धिदेखि शिक्षा, स्वास्थ्यसहित युवाहरुलाई स्वरोजगार बनाउने विषयलाई बढी जोड दिइएको कुर्मीको भनाई छ ।
संविधान सभा सदस्य भएर गरेका कामबाटै प्रभावित भएर पार्टीले उनलाई २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार बनायो । राष्ट्रिय जनता पार्टी (राजपा) बाट चुनाव लडेका कुर्मी ९ हजार ७ सय ६ मत पाएर निर्वाचित भए । आफुले गरेको काम र आफ्नो इमान्दारीताकै कारण जनताले जिताएर पठाएको कुर्मी बताउँछन् । प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेपछि जनकपुरको जानकी मन्दिरसहित आसपासका ठाउँहरुमा वृद्धवृद्धाहरुलाई देखेपछि भावुक भएका कुर्मीले वीरगञ्जमा एउटा सुविधा सम्पन्न वृद्धाश्रम स्थापना गर्ने लक्ष्य लिएका थिए । प्रदेश सभा सदस्यको कार्यकाल सकिन लाग्दासम्म उनको त्यो लक्ष्य पनि पूरा भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियामा स्थापित वृद्धाश्रम उनले मानव सेवा आश्रमलाई हस्तान्तरण गरेका छन् । ‘आफ्नो जीवनको अहिलेसम्मकै सबैभन्दा ठूलो काम भनेकै वृद्धाश्रम निर्माण गर्नु हो’, कुर्मीले भने ।
करिब ७ करोडको लागतमा निर्मित वृद्धाआश्रम अहिले मानव सेवा आश्रमलाई हस्तान्तरण गरिएको छ । वृद्ध, वृद्धाहरुलाई पनि मानव सेवा आश्रममै राख्ने भएको हुँदा हेरचाहसँगै रेखदेख गर्न सहज होस् भन्ने अभिप्रायका साथै भाडामा सञ्चालित मानव सेवा आश्रमको भाडा तिर्ने पैँसाले अरु खर्च व्यवस्थापन गर्न सकियोस् भन्ने सोचका साथ मानवसेवा आश्रमलाई प्रदान गरिएको कुर्मीले बताए ।
यसका अलावा उनले आफ्नो क्षेत्रमा अरु पनि थुप्रै विकास निर्माणका कामहरु गरेका छन् । ढलान सडक, ग्रेभल सडक, नाला, धर्मशाला, मस्जिद, मन्दिर, सामुदायिक विवाह भवन, कबरस्थान, शमशानघाट, बाउण्ड्री वाल निर्माण लगायतका उल्लेख्य कामहरु भएको कुर्मीले जानकारी दिए ।
उनका अनुसार आफ्नो कार्यकालमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा ५० लाखको लागतमा ३ सय मिटर ढलान र ३ सय मिटर ग्रेभल गरेर ६ सय मिटर सडक निर्माण गरिएको छ । सोही वडामा १ करोड १० लाखको लागतमा कुर्मी सेवा सदनको नाममा सुविधा सम्पन्न सामुदायिक सामुदायिक विवाह भवन निर्माण गरिएको कुर्मीले बताए । सोही वडामा मुस्लिम धर्मशाला निर्माणका लागि २० लाख रुपैयाँ बिनियोजन गरिएको छ भने फेरी यस आर्थिक वर्षमा पनि बजेट आउने निश्चित छ । वडा नम्बर २४ कै बहुअरी टोलमा ६० लाखको लागतमा रामजानकी मन्दिर निर्माण गरिएको छ भने २० लाखको लागतमा सातोमाई मन्दिर बनाइएको छ । वडा नम्बर २४ कै विभिन्न स्थानमा १ करोड २० लाखको लागतमा करिब ८ सय मिटर ढलान सडक निर्माण भएको छ । वडा नम्बर २६ अठराहामा ३५ लाखको लागतमा १२ सय मिटर सडक, २० लाखमा ढलान सडक, सोही वडाको सुगौलीमा ५० लाखको लागतमा मस्जिद निर्माण भएको छ । २० लाखकै लागतमा सुगौलीमा पनि मस्जिद बनाइएको छ भने मुस्लिम समुदायको लागि कबरस्थान निर्माण र कम्पाउण्ड वाल बनाउन १० लाख खर्च भएको छ । नाला र सडक निर्माणका लागि पनि १० लाख रुपैयाँ उनकै पहलमा ल्याइएको हो । सुगौलीकै शंकर मन्दिर २० लाखको खर्चमा सौन्दर्यकरण गरिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा संसारीमाई मन्दिर निर्माण गरिएको छ । जसमा २० लाख रुपैयाँ खर्च भएको कुर्मीले बताए । २० लाखकै लागतमा त्यही स्थानमा बर्थिङ् सेन्टर पनि निर्माण गरिएको छ । त्याहाँको रामजानकी मन्दिर सौन्दर्यकरणका लागि पनि उनले २५ लाख रुपैयाँ खर्च भएको छ ।
वडा नम्बर १७ मै १० लाखको लागतमा सडक एवम् नाला निर्माण भएको छ । शिवान टोलमा ३० लाखको लागतमा छठघाठ पनि बनाइएको उनले बताए । कोनैया टोलमा १ करोड २० लाखको लागतमा ६ सय मिटर ढलान सडक र ५ सय मिटर नाला बनाइएको छ । जहाँ १ किलोमिटर माटो ग्रेभल सडक बनाइएको छ ।
नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अलौमा कम्पाउण्ड तथा विज्ञान प्रयोगशालाका लागि उनले १५ लाख बजेट उपलब्ध गराएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियामा साढे ६ करोडको लागतमा ५ किलोमिटर सडक निर्माणाधिन छ । सिर्सियादेखि अठराह सुगौली हुँदै अपौनीसम्मको सडक शिवाको काठमाण्डौले ठेक्का पाएर काम गरीरहेको छ । ५० लाखमा ५ सय मिटर ढलान सडक, ६० लाखमा दलित धर्मशाला लगायतका कामहरु उनीमार्फत भएका छन् ।
जनता आवास कार्यक्रमअन्र्तगत वीरगञ्ज महानगरपालिका डा नम्बर १, ३ र २५ मा २७ वटा आवास पनि निर्माण गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ मा २० लाखको लागतमा कबरस्थान, १० लाखको लागतमा ईदगाह, मोक्तव मदरसा, ६० लाखको लागतमा दलित धर्मशाला तथा मन्दिर निर्माणका साथै सोही वडाका विभिन्न स्थानमा ४८ लाखको लागतमा ढलान सडक पनि निर्माण गरिएको कुर्मीले बताए । सोही वडामा २० लाखको लागतमा मस्जिद पनि निर्माण गरिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ स्थित कबरस्थानमा कम्पाउण्ड लगाउनुका साथै माटो पुर्न उनकै संसदीय कोषबाट १५ लाख रकम बिनियोजन भयो । प्रगतीनगरमा शिव मन्दिर धर्मशाला निर्माण भएको छ । वडा नम्बर ६ मा ३५ लाखको लागतमा काल भैरव, शितला माता र लक्ष्मीनारायण मन्दिर, निर्माण भएको छ । गहवामाई अगाडीको पार्कमा उनले १० लाख रुपैयाँ उपलब्ध गराएका छन् । वीरगञ्ज १० मा शमशानघाट पछाडी वोल्डर निर्माणका लागि १५ लाख उपलब्ध गराएका कुर्मीले वडा नम्बर १० मै २५ लाखको लागतमा ३ सय मिटर ढलान सडक पनि बनाइएको छ ।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ का विभिन्न स्थानमा ७५ लाखको लागतमा सडक तथा नाला निर्माण भएको छ । बहुदरमाई मन्दिरको सौन्दर्यकरणमा २० लाख, मन्दिर निर्माणमा १० लाख र धर्मशाला निर्माणमा १० लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै आफ्नो क्षेत्रका विभिन्न स्थानमा उनले १४ वटा टावर बत्ती जडान गरेका छन् भने २२ स्थानमा प्रतिक्षालय निर्माण गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ मा स्टेट बोरिङ्, वीरगञ्ज १९ बिन्दवासिनीमा ५० लाखको लागतमा सडक निर्माण, वर्वा टोलमा मस्जिद निर्माण, सानोमाई मन्दिर लगायतका संरचना निर्माणमा कुर्मीकै योगदान छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।