२०८० आश्विन ५ शुक्रबार

चुनावलाई लक्षित गरि नेपाल–भारतका प्रहरी अधिकृतहरु बिच छलफल

वीरगंज – मंसिर ४ मा हुने निर्वाचनलाई मध्यनजर गरि वीरगन्जमा नेपाल र भारतका प्रहरी अधिृतकहरु बिच छलफल भएको छ ।

वडा प्रहरी कार्यालय विर्तामा भएको छलफलमा वडा कार्यालय अन्तर्गतका सिमा नाकाहरुको सुरक्षा लगायत आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सुरक्षाका विषयमा स्थानियस्तरमा दुवै देशका प्रहरीहरु बीच सहयोग आदान–प्रदान, सिमा अपराध नियन्त्रण गर्ने विषयमा सहमति भएको छ ।

छलफलमा वीरगन्ज महानगरको मुख्य सिमा प्रहरी कार्यालय तथा भारतको विहार राज्यको रक्सौल सिमाका प्रहरी कार्यालयका अधिकारीहरुको सहभागीता थियो ।

छलफलमा नेपालका तर्फबाट वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल र रक्सौल प्रहरी कार्यालयका सब डिभिजनल पुलिस अफिसर श्री चन्द्र प्रकाशको नेतृत्वमा दुवै देशका सीमा क्षेत्रका प्रहरी अधिकारहिरुको सहभागीता थियो ।

२०७९ कार्तिक २४, बिहीबार १२:५६ गते 1 Minute 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार