२०७९ मंसिर १७ शनिबार

इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपको उपाधि

एजेन्सी –  इंग्ल्याण्डले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले दोस्रोपल्ट विश्वकप हो ।

इंग्ल्याण्डले यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो ।

इङ्ल्यान्डका लागि वेन स्टोक्स ५२ रनको योगदान गरे । जोस बट्लरले २६ रन बनाउँदा मोहिन अलीले १९ रन बनाए । हेरी ब्रोकले २० रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

पाकिस्तानका लागि सान मक्सोदले सर्वाधिक ३८ रनको योगदान गरे । कप्तान बाबर आजमले ३२ रन बनाउँदा सादब खानले २० रनको योगदान गरे ।

२०७९ कार्तिक २७, आईतवार १८:३५ गते 1 Minute 51 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?