
वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढी मूल्य बराबरको सामाग्रीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
बिलविजकभन्दा बढी मूल्यको खुद्रा तथा औषधीजन्य सामाग्री बोकेको ट्रक गइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट ट्रक नियन्त्रणमा लिएको हो ।
ना. २ ख ९७३८ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा न्यु बजरंग ट्रान्सपोर्टबाट पठाइएको ट्रकको बिलविजक शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनका अनुसार अनलाईन भिसिटिएस बिल साथमा नहुँदा ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
ट्रकमा रहेका खुद्रा तथा औषधी जन्य सामाग्रीको ६७ लाख ७२ हजार ५ सय १४ रुपैयाँ मूल्यांकन गरी थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको गिरीले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।