२०८० आश्विन ५ शुक्रबार

‘शिक्षा एवं स्वास्थ्य’ पहिलो प्राथमिकता : उम्मेदवार कुर्मीे

वीरगंज – पर्सा निर्वाचन क्षेत्र २ ‘ख’बाट प्रदेश सभा सदसयका सत्ता गठबन्धनका साझा उम्मेदवार रामेश कुर्मीले प्रचारप्रसारका कार्यक्रमलाई तिब्र पारेका छन् । उनले घरदलो कार्यक्रममा मतदाताहरुलाई भेटेर समस्या बुझ्नुका साथै समाधान गर्ने आश्वासन समेत दिएका छन् ।

पर्सा २ ख का लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कुर्मीले शिक्षा क्षेत्रलाई प्राथकिमतामा राखेका छन् । उनले व्यक्ति शिक्षीत रहे समाज र देश शिक्षीत हुने भन्दै सबैभन्दा पहिला शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्राविधिक बनाउने बताए ।

उनले ग्रामिण भेगमा निर्माण भएका विद्यालयहरुको अवस्था दयनीय रहेको भन्दै अबको आफ्नो पहिलो कार्य भनेकै शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउने बताए । उनले अधिकारको आन्दोलनमा शहिद भएकाहरुको नाममा गरेको राजनीतिले नेताहरुले उच्च पद पाए तर शहिदका परिवारले राहत नपाउन दुखद भएको बताए ।

उहाँले शहिदका परिवारलाई राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै यस क्षेत्रमा स्वास्थ्य चौकीहरु भएपनि राम्रो उपचारका लागि वीरगंज नै जानुपर्ने बाध्यता भएको हुँदा स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउन विभिन्न योजनाहरु ल्याउने घोषणा गरे ।

२०७४ सालको निर्वाचनमा समेत विजयी भएका कुर्मीले आफ्नो कार्यकालमा समाजसेवा कार्यहरुलाई पनि प्राथमिकता दिएका थिए । राजनीतिसंगै समाजसेवामा सधैँ अग्रसर रहेका कुर्मीले आगामी निर्वाचनमा समेत जनताले आफूमाथि विश्वास गरेर विजयी बनाउनेमा ढुक्क रहेको बताए । उनले आफ्नो कार्यकालमा गरेको कामको मूल्याकंन गरेर जनताले आफूलाई नै चुन्ने बताए ।

२०७९ कार्तिक २९, मंगलवार २३:२५ गते 1 Minute 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार