२०८० आश्विन ५ शुक्रबार

स्वतन्त्र उम्मेदवार सिंहलाई अशोकवाटिका र घडिअर्वामा भव्य स्वागत

वीरगञ्ज – स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्वर १० अशोकवाटीका र घडिअर्वामा मंगलबार मतदाताले देखाएको स्वागत सद्भावले उनीप्रतिको लोकप्रियता बढ्दै गएको देखिएको हो ।

स्वतन्त्र उम्मेद्वार सिंहलाई घडिअर्वाका मतदाताले फुलमाला, अबिर लगाएर स्वागत गरे ।स्वतन्त्र उम्मेद्वार सिंहप्रति मतदाताको भरोसा बढ्नुका साथै सिंहको लोकप्रियता बढ्दै जानुले उनको जित कसैले रोक्न नसक्ने यहाँका मतदाताहरु बताउँछन् ।

अहिले देशले नै परिवर्तन खोजिरहेका बेला यहाँ स्वतन्त्र उम्मेद्वार सिंहको विकल्प नभएको बताउँदै मतदाताहरुले सिंहलाई विजयीको आशिर्वाद दिँदै फुल माला लगाइदिएका थिए ।

अशोकवाटीमा मतदाताको घरदैलोमा पुगेर स्वतन्त्र उम्मेद्वार सिंहले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई लालटेन छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।

घरदैलो अभियानमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

२०७९ कार्तिक २९, मंगलवार ११:५६ गते 0 Minutes 516 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार