
वीरगंज – पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार अजय चौरसियाले नागरिकताको मुद्दा नेपाली काँग्रेस बाहेकका अन्य दलको लागि आफ्नो ‘राजनीतिक दुकान’ चलाउने हतियार बनेको बताएका छन् ।
वीरगन्जमा बुधबार सन्चारकर्मीसंग कुरा गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले अरु दलले नागरिकताको मुद्धा सस्तो लोकप्रियताका लागि उठाउने गरेको तर टुङगो लगाउने बेला खोक्रो राष्ट्रवादको नारा दिएर यो मुद्धाबाट पन्छिने गरेको बताएका छन् ।
तर अबको निर्वाचनबाट काँग्रेसको नेतृत्वमा बन्ने सरकारले सबै भन्दा पहिले नागरिकताको समस्या सम्बोधन गर्ने उनले दाबी गरे । चौरसियाले भने ,‘ आफुलाई मधेसको मसिहा भन्ने दल जसपाको नियत यहि चुनावमा देखियो , जसले नागरिकता विधेयक प्रमाणीकरण गर्न दिएन , रोकेर राख्न लागे त्यहि एमालेसंग जसपाले यो चुनावमा गठजोर गरेको छ , यसको जवाफ जनताले जसपालाई पनि चुनावबाट दिने नै छन् ।
मधेसको मुद्धा र सवाललाई काँग्रेसले कहिल्यै पनि राजनीतिक दोकान बनाएको भन्दै उनले भने,‘ जब जब मधेसका मुद्धा र सवालहरु उठेको छ , काँग्रेसले त्यसका लागि सडक देखि सदन सम्म लडेको छ ।
मधेस आन्दोलनमा आफु स्वंय मितेरी पुलमा गएर धर्नामा बसेको स्मरण गराउदै चौरसियाले भने,‘ मधेसको मसिहा भन्दै सडकमा ढोल पिटेर , चुनावका बेला मधेसी जनताको बिचमा गएर भोट माग्ने नारा बनाएर मात्र हुदैन , मधेसका मुद्धा सम्बोधन गर्ने बेला सरकार र सदनमा हुदा निर्णायक भूमीका खेल्नु पर्छ , त्यो काम काँग्रेसले गर्दै आएको छ , र यो यथार्थ मधेसी जनाले बुझीसकेका छन् ।
त्यसैले मधेसका जनताले नागरिकता मुद्दा समाधानमा कांग्रेस प्रति नै भरोसा देखाएको उनले जिकिर गरे ।
संवैधानिक अधिकार हुँदाहुँदै पनि कानुनको अभावमा नागरिकता प्राप्त गर्न नसकेका कयौं परिवारसँग निर्वाचन प्रचार–प्रसारका क्रममा साक्षात्कार भएको भन्दै चौरसियाले भने ,‘ मैले उवहाँहरूलाई कांग्रेसकै नेतृत्वमा नागरिकता सम्बन्धी समस्या समाधान हुनेमा विश्वस्त तुल्याएको छु ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।