
वीरगंज – पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्य उम्मेदवार जालिम मियाँले जातीय र साम्प्रदायिकता भड्काउन खोजेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
पर्सा ४ मा नेकपा एमाले –जसपा गठबन्धनबाट प्रतिनिधीसभा सदस्यमा एमालेका उम्मेदवार मियाँले चुनावी सभाका क्रममा मधेसी पहाडी बिच साम्प्रदायिकता फैलाउने गरि अभिव्यक्ति दिएको भन्दै त्यहि क्षेत्रबाट प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले बुधबार उजुरी दिएका हुन् ।रिजालले मियाँ विरुद्ध कारबाहीको माग गर्दै निर्वाचन आयोग , जिल्ला निर्वाचन कार्यालय पर्सा र पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा इमेल मार्फत उजुरी पठाएका हुन् ।
रिजालले दिएको उजुरीमा भनिएको छ– पर्सा क्षेत्र नम्बर ४ मा पर्ने धोबिनी गाँउपालिका वडा नम्बर ५ जगरनाथपुर टोलमा मङगलबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै एमाले उम्मेदवार मियाँले निर्वाचनलाई प्रभावित पार्न पहाडी समुदायलाई गाली गलौज गर्दै निर्वाचन आचारसंहिता र कानुनको धज्जी उडाउनुका साथै मधेसी–पहाडी समुदाय विच द्धन्द भड्काउने काम गरेकाले मियाँ विरुद्ध आवश्यक कारबाहीको माग गर्दछु ।
निर्वाचन आचार संहिता २०७९ को दफा १३ को १ (ब) मा कुनै साम्प्रदायिक विद्वेष फैलाउनेगरी प्रचार प्रसार गर्न वा मत माग्न नुहुने व्यवस्था गरेको छ । एमालेका उमेदवार मियाँले सामाजिक सदभाव भड्काउने गरी दिएको अभिव्यक्ति सहितको भिडियो र लिखित निवेदन निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा इमेल मार्फत पठाएको काँग्रेस उमेदवार रिजालले बताए ।
निर्वाचन कसुर सजाय ऐन २०७३ को दफा २२ को १ (ग) मा कुनै धर्म जातजाती वर्ग,क्षेत्र वा सम्प्रदाय बिचको सम्बन्धमा खलल पु¥याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रियताको आधारमा घृणा वा विद्वेष उत्पन्न गर्न नहुने व्यवस्था छ । उक्त दफाको (२)मा यस्तो कसुर गर्नेलाई २ लाख रुपियाँ जरीवाना र ३ बर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।