२०८० मंसिर १६ शनिबार

रमेश कुर्मीकाे बढ्दाे लाेकप्रियता, जित सुनिश्चित भएकाे मतदाताकाे प्रतिक्रिया

वीरगञ्ज – पर्साको क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीको लोकप्रियता बढ्दै गएको छ ।

निर्वाचन नजिकिदै जाँदा उनलाई समर्थन गर्नेहरुको संख्या पनि बढ्दै गएको हो । पाँच दलीय सत्ता गठबन्धनबाट क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार कुर्मीको घरदैलोमा उपस्थित हुनेहरुको संख्याले यस कुरालाई पुष्ठि गर्छ । उनको बढ्दो लोकप्रियता देखेर विपक्षीहरु पनि अतालिएका छन् ।

कुर्मीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का मतदातासँग भेटघाट पनि गरेका छन् । भेटघाटका क्रममा निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका कुर्मीको कार्यकाल अत्यन्तै सफल रहेको र उनले उल्लेख्य काम गरेको हुँदा फेरी अवसर दिनुपर्ने मतदाताले प्रतिक्रिया दिएका छन् ।

शिक्षामा सुदृढीकरणसँगै आधुनिकतासँगै प्रविधिलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिँदै उनले प्राविधिक र आधुनिक शिक्षाको अवधारणा ल्याउनुपर्ने बताए । शिक्षाको विकासबिना अरु क्षेत्रको विकास असम्भव भएको हुँदा शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने कुर्मीको भनाई छ ।

घरदैलोका क्रममा कुर्मीसँगै गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, लोसपा लगायतका दलका नेता एवम् कार्यकर्ता उपस्थित थिए ।

२०७९ कार्तिक ३०, बुधबार १६:०४ गते 1 Minute 90 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार