
वीरगञ्ज – पर्साको क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीेले प्रचारप्रसार गर्न पाउने अन्तिम दिन घरदैलो गरेका छन् ।
बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपराका मतदातासँग भेटघाट गर्दै उनले आफुलाई मतदान गर्न आग्रह गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता कुर्मीले जनताका आधारभुत आवश्यक्ताको क्षेत्रलाइ प्रमुख प्राथमिकता दिएर नीतिगत सुधारदेखि कार्यन्वयनमा जोड दिने बताएका छन् ।
विकास र परिवर्तनको यात्रामा हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउँदै कुर्मीले गठबन्धनको सरकार बन्ने जिकिर गरे ।
गठबन्धनको सयुँक्त घरदैलोका क्रममा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजय चौरसिया, २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार श्याम पटेलसहित लोसपा, नेपाली कांग्रेस लगायतका गठबन्धनमा आवद्ध दलका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।