२०८० मंसिर १६ शनिबार

वीरगञ्जमा भोली बिहान १० बजेदेखि मतगणना हुने

वीरगञ्ज –  वीरगञ्जमा सोमवार बिहान १० बजेदेखि मतगणना हुने भएको छ ।आइतवार दिनभरी मतदानमा खटिएको र अहिले पनि मतपेटिकाहरु मिलाउनुपर्ने भएका कारण भोली बिहान १० बजेदेखि मतगणना शुरु हुने स्रोतले जनाएको छ ।

पर्साको क्षेत्र नम्बर १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हुनेछ । अहिले पनि विभिन्न मतदानस्थल एवम् मतदान केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी रहेको छ ।

सबै ल्याइसकेपछि भोलीदेखि मतगणना शुरु हुने स्रोतले जानकारी दिएको हो ।

पर्साको क्षेत्र नम्बर ३ र ४ को मतगणना भने जिल्ला उच्चांगल मावि पोखरियामा हुनेछ ।

२०७९ मंसिर ४, आईतवार २०:१९ गते 1 Minute 89 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार