
काठमाठौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणजना जारी छ । जारी मतगणनामा तीन दलका अध्यक्ष अग्रताको दौडमा देखिएका छन् ।
डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रधानमन्त्री तथा कांग्रेस सभाापति शेरबहादुर देउवा हालसम्म २३९ मतसहित अगाडि देखिन्छन् । देउवाका निकटतम प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेस (वीपी)का उम्मेदवार कर्णबहादुर मल्लले हालसम्म १४१ मत पाएका छन् ।
त्यसैगरी, झापा–५ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ३२ सय १२ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी १५ सय २३ मतसहित पछिपछि छन्।
त्यसैगरी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवकुमार नेपाल ७२९ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजकुमार गुप्ता ५९९ मतसहित पछिपछि छन् ।
त्यस्तै, झापा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन १६ सय ७३ मतसहित अगाडि देखिएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौला १३ सय ३४ मतसहित पछिपछि छन् ।
गोरखा–२ बाट प्रतिनिधिसभा सदस्याका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्षेत्रमा भने मतगणण सुरु भएको छैन । अन्य अध्यक्षहरु भने पछि देखिन्छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।