२०८० मंसिर १६ शनिबार

पर्सा क्षेत्र नम्बर २ मा चौरसियाको शुरुवाती अग्रता

वीरगंज – पर्सा क्षेत्र नम्बर २ को जारी मतगणनाको पहिलो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले शुरुवाती अग्रता लिएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, १३८४ मत गनिसक्दा सक्दा गठबन्धनका साझा उम्मेदवार चौरसियाले ६७६ मत प्राप्त गरेका छन् । जसपाका उम्मेदवार सुरेन्द्र कुर्मीले ४९६ मत प्राप्त गरेका छन् । कुर्मी भन्दा चौरसिया १८० मतले अगाडि छन् । यस्तै राप्रपाका उम्मेदवार नरेश साह कानुले ३२ मत पाएका छन् ।

पर्सा २ मा कूल मतदाता ८६ हजार ९ सय ६६ रहेकोमा आइतबार भएको निर्वाचनमा ५९ हजार १ सय ८८ मत खसेको थियो ।

२०७९ मंसिर ५, सोमबार १६:५८ गते 1 Minute 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार