
वीरगंज – पर्सा क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्यका लागि जारी मतगणनाको पहिलो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार जन्नत अन्सारीले निक्कै फराकिलो अग्रता अग्रता लिएका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, १७५७ मत गनिसक्दा स्वतन्त्र उम्मेदवार अन्सारी.ले ७५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।दोश्रो स्थानमा रहेका यस्तै माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ५०४, मत , एमाले उम्मेदवार विचारी यादवले ११४ मत प्राप्त गरेका छन् ।
यस्तै राप्रपा उम्मेदवार अनिल कुशवाहाले १०७ मत , नेपाल संघीय समाजवादी पार्टीका स्वतन्त्र उम्मेदवार सोयब अन्सारीले पनि १०५ मत पाएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।