२०८० मंसिर १६ शनिबार

पर्सा १ र २ काे सर्वदलिय बैठक सम्पन्न, मतगणना सुरु हुँदै

वीरगंज – पर्सा निर्वाचन क्षेत्र नं. १ र २ काे सर्वदलिय बैठक सम्पन्न भएकाे छ । मतगणना स्थल ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा आज विहान बसेकाे बैठक निर्वाचन आयाेगकाे निर्देशिका अनुसार मतगणना गर्ने निर्णय गर्दै सम्पन्न भएकाे जिल्ला निर्वाचन अधिकारी रंजिता झाले जानकारी दिइन ।

सुरुमा प्रत्यक्ष तर्फकाे प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे मतगणना गर्ने पनि बैठकमा सहमति भएकाे छ । सहमति अनुसार दुईटै क्षेत्रकाे ३/३ वटा गरी ६ वटा काेठामा एकै पटक मतगणना सुरु गर्ने तयारी छ । एउटा क्षेत्रकाे प्रतिनिधिसभा र प्रदेशसभाकाे प्रत्यक्ष तर्फकाे छुटाछुट्टै मतगणना गरिने छ ।

मतगणना गरिने काेठामा तार जालिसहित सिसि टिभि क्यामराकाे समेत व्यवस्थापन गरिएकाे छ ।

सर्वदलिय बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाकाे प्रत्यक्ष तर्फकाे उम्मेदवार, विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक रमेश बस्नेत लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

२०७९ मंसिर ५, सोमबार १०:२९ गते 1 Minute 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार