
वीरगंज – पर्सा क्षेत्र नम्बर २ को (ख) प्रदेशसभा सदस्यका लागि जारी मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले अग्रता लिएका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार, २८१८ मत गनिसक्दा लाल्टीन छापका स्वतन्त्र उम्मेदवार सिंहले ७०७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले जानकारी दिए ।
दोश्रो स्थानमा रहेका गठबन्धनका लोसपा उम्मेदवार रमेश कुर्मीले ६५२ मत प्राप्त गरेका छन् । कुर्मी भन्दा सिंह ५५ मतले अगाडि छन् । एमालेका उम्मेदवार हरेराम पटेल ६०४ मतका साथ तेश्रो स्थानमा छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।