२०७९ मंसिर १७ शनिबार

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना नसकिँदै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन् ।

उनी नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित हुने निश्चित भएको हो । किनकी गन्न बाँकी सबै मत पोखरेललाई जाँदा पनि उनको जित सम्भव छैन ।

अहिले यस क्षेत्रमा ३ हजार ५ सय ४९ मत मात्र गन्न बाँकी छ । तर, कांग्रेसका पौडेलले ४ हजार ५७९ मतान्तरले एमालेका पोखरेललाई पछाडि पारिसकेका छन् ।

अहिलेसम्मको गणनामा पौडेलले १४ हजार ८३ मत पाएका छन् भने पोखरेलले ९ हजार ५०४ मत पाएका छन् । गन्न बाँकी सबै मत पोखरेललाई जाँदा पनि उनको जम्मा मत १३ हजार ५३ मात्रै हुन्छ ।

गन्न बाँकी मतभन्दा मतान्तर बढी भएका प्रदीप अनौपचारिक रूपमा विजयी भएका हुन् ।

२०७९ मंसिर ६, मंगलवार २१:३५ गते 1 Minute 63 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?