२०८० मंसिर १६ शनिबार

पर्सा १ (ख) मा मतान्तर घटाउँदै कुर्मी, मुख्यमन्त्रीको अग्रता कायमै

वीरगञ्ज – पर्साको क्षेत्र नम्बर १ (ख) मा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार रामनारायण प्रसाद कुर्मीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पछ्याइरहेका छन् ।

यसअघि १ हजार २ सय ९१ मतले पछाडी रहेका कुर्मी अहिले १ हजार १ सय ५९ मतले पछाडी छन् । मुख्यमन्त्री राउतको अग्रता कायम भएपनि मतान्तर भने घट्दै गएको छ ।

पछिल्लो मत परिणामअनुसार राउतले ४ हजार ४ सय ७० मत पाउँदा कुर्मीले ३ हजार ३ सय ११ मत प्राप्त गरेका छन् । हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले १ हजार १ सय ३४ मत मात्रै प्राप्त गरेका छन् ।

राप्रपाका बिनय झाले १ हजार ४ सय ३१ मत प्राप्त गरेका छन् ।

२०७९ मंसिर ६, मंगलवार १२:०७ गते 1 Minute 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार