
वीरगञ्ज – पर्सा क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मतले पराजित गर्दै पटेल निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेस पर्साका पूर्व सचिवसमेत रहेका पटेलले १३ हजार ७ सय ८४ मत ल्याउँदा यादवले १२ हजार १ सय २७ ल्याएका छन् ।
पटेल युवाहरुको माझमा पनि लोकप्रिय छन् । यसअघिको निर्वाचनमा उनले टिकट पाएका थिएनन् । त्यस्तै जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पनि उम्मेदवारी दिएका पटेल जनार्दन सिंह क्षेत्रीसँग पराजित भएका थिए ।
जसपा पर्साका जिल्ला अध्यक्षसमेत रहेका यादवको यो दोस्रो हार हो । यसअघि २०७४ सालको प्रदेश सभा सदस्यको निर्वाचनमा पनि नेपाली कांग्रेसका राजेश्वर प्रसाद साहसँग १ सय ८० मतले पराजित भएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।