२०७९ मंसिर १७ शनिबार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसिया विजयी

वीरगञ्ज – पर्साको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जित निकालेको छ । पाँच दलीय सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अजय कुमार चौरसिया फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।

चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्दी जसपा र नेकपा एमाले गठबन्धनका सुरेन्द्र प्रसाद कुर्मीले २२ हजार ४ सय ४५ मत प्राप्त गरेका छन् । कुर्मीलाई ६ हजार ६ मतान्तरले पराजित गर्दै चौरसिया विजयी भएका हुन् ।

यसअघि लगातार २ पटक पराजित रहँदै आएका चौरसियाको यो दोस्रो जित हो । यस क्षेत्रबाट राप्रपाका नरेश कुमार साहले २ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेलले ९ सय ७१ मत ल्याएका छन् ।

२०७९ मंसिर ७, बुधबार १९:३३ गते 1 Minute 63 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?