२०७९ माघ १७ मंगलवार

ठोरीमा सशस्त्र प्रहरीकाे नवनिर्मित भवनकाे उद्घाटन

वीरगंज – पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ विजयबस्तीमा नवनिर्मित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओेपी ) भवनको शुक्रबार उद्घाटन गरिएको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआइजी) गणेश ठाडा मगरले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बिओपी भवन निर्माणका लागि ५ कठ्ठा जग्गा दान गरेका जग्गादाता एवं रेडियो बिजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठलाई डिआइजी मगरले दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा ठोरी गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, ठोरी ४ का वडाध्यक्ष मान बहादुर थिङ, पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल लगायतको सहभागीता रहेको थियो ।

२०७९ मंसिर १६, शुक्रबार १४:५८ गते 1 Minute 82 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार