२०७९ माघ १७ मंगलवार

विद्यार्थीको आन्दोलनमा प्रहरी हस्तक्षेप, तनावग्रस्त धनगढी

धनगढी – धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि सुरु भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गरेपछि स्थानीय झनै आन्दोलित भएका छन् ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा बिहीबार साइकलमा विद्यालय जाँदै गरेका चेतना साउदलाई ग्रेडरले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो ।

विद्यार्थीले कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर, निषेधाज्ञाबीच पनि आन्दोलनमा उत्रिएपछि प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएपछि स्थानीय आन्दोलित भएका हुन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरिहेको छन् ।

२०७९ मंसिर १६, शुक्रबार ११:४७ गते 1 Minute 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार