२०८० मंसिर १६ शनिबार

निर्वाचनको समीक्षा रिपोर्ट पठाउन सबै जिल्लालाई एमालेको निर्देशन

काठमाडौं – नेकपा (एमाले)ले मंसिर २९ भित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाइसक्न निर्देशन दिएको हो ।

साथै बैठकले अध्यक्षसँगको सल्लाहमा चाँडै केन्द्रीय सचिवालय बैठक बोलाउने निर्णय समेत गरेको छ । सचिवालय बैठकपछि केन्द्रीय समिति बैठकमार्फत समेत निर्वाचनको समीक्षा गर्ने एमालेको तयारी छ । केन्द्रीय कार्यालय बैठकले प्रतिकूल परिस्थितिका बाबजुद निर्वाचनमा एमालेले ल्याएको परिणामलाई ठिकै भएको निष्कर्ष निकालेको छ ।

‘निर्वाचनको नतिजाले गठबन्धनलाई अस्वीकृत गरेको छ । जनता गठबन्धनको पक्षमा छैनन् भन्ने सन्देश दिएको छ’, सचिव भट्टराईले भने, ‘सरकार निर्माणबारे एमाले अहिले पर्ख र हेरको स्थितिमा बस्छ ।’

२०७९ मंसिर २१, बुधबार १८:४५ गते 1 Minute 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार